फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको निधन

 असोज ९, २०७६ बिहीबार १८:३९:९ | रासस
unn.prixa.net

फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको बिहीबार निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । उहाँ ८६ वर्षको हुनुहुन्थ्यो ।

सिराक फ्रान्सको राजनीतिमा करिब तीन दशक निकै चर्चामा रहनुभएको थियो । पेरिसको नगर प्रमुख, प्रधानमन्त्री हुँदै सन् १९९५ देखि सन् २००७ सम्म फ्रान्सको राष्ट्रप्रमुखका रूपमा उहाँले गरेका कामले उहाँलाई फ्रान्सेलीहरू एक कुशल राजनीतिज्ञका रूपमा चिन्ने गर्छन् ।

'राष्ट्रपति ज्याक सिराकको बिहान परिवारको काखमा स्वभाविक निधन भएको छ', भूतपूर्व राष्ट्रपति सिराकका ज्वाँइ फ्रेडेरिक सलात बरोक्सले एएफपीलाई बताउनुभयो ।

सिराकको समयमा फ्रान्सको पहलमा यूरोपमा एकल मुद्रालाई प्रचलनमा ल्याइएको थियो । उहाँले अमेरिकाद्वारा सन् २००३ मा इराकमा गरेको आक्रमणलाई सशक्त विरोध गरेकोले वासिङ्टनसँगको सम्बन्धमा समेत समस्या आएको थियो ।

एक राजनीतिक योद्धाका रूपमा फ्रान्सको राजनीतिमा छाएका सिराक सन् १९८१ र १९८८ को राष्ट्रपतीय निर्वाचनमा पराजित हुनुभए पनि सन् १९९५ मा एलिसी दरबारको नेतृत्व लिन सफल हुनुभएको थियो भने सन् २००२ मा पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएका थियो । 

उहाँको निधनपछि फ्रान्सका राष्ट्रपति रिचार्डले सिराकलाई फ्रान्सको इतिहासका रूपमा स्मरण गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया