सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
साउदी अरबका युवराज प्रिन्स मोहम्मद बिन सलमानले इरानसँगको खतराको सामना गर्न विश्वका अन्य देशहरु एकसाथ नआउने हो भने त्यसको असर विश्व बजारमा पर्ने बताएका छन् ।
सलमानले कच्चा तेलको आपूर्तिमा असर पर्ने र तेलको मूल्यमा अप्रत्याशित वृद्धि हुनसक्ने बताएका हुन् । अमेरिकाको टीभी च्यानल ‘सीबीएस’को एक कार्यक्रम ‘६० मिनट्स’ मा उनले इरान र साउदी अरबबीच तनाव बढ्दा त्यसको असर विश्वको अर्थव्यवस्थामा पर्ने बताएका हुन् ।
युवराज सलमानले फेरि एक पटक आफ्नो आदेशमा साउदी पत्रकार जमाल खशोग्गीको हत्या भएको भन्ने कुराको खण्डन गरेका छन् ।
उनी साउदी अरब र इरानबीच जारी तनावको राजनीतिक हल चाहन्छन् किनकि यदी दुई देशबीच युद्ध भयो भने यसको असर विश्वको अर्थव्यवस्थामा पर्छ ।
युवराज सलमानका अनुसार विश्वको तेल निर्यातको ३० प्रतिशत, विश्व व्यापारको २० प्रतिशत र विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४ प्रतिशत योगदान मध्य–पूर्वको इलाकाबाट नै हुने गर्दछ ।
उनले भने, ‘एक पटक सोच्नुस्, यी तीन चीज एकैसाथ प्रभावित हुँदा के हुन्छ ? यसको अर्थ साउदी अरब र मध्य–पूर्वको देशमात्र नभइ विश्वको अर्थव्यवस्था डगमगाउनेछ ।
सलमानले साउदी अरबो दुई वटा तेल कम्पनीमा भएको ड्रोन आक्रमण बालकको जस्तो व्यवहार भएको बताए । उनले भने, ‘त्यो बालकको जस्तो व्यवहार थियो । यसको कुनै रणनीतिक उद्देश्य थिएन । विश्वको तेल आपूर्तिमा ५ प्रतिशत हिस्सा ओगटेको क्षेत्रमा आक्रमण गर्ने बेवकुफ नै हो ।’
युवराज सलमानले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोको भनाइलाई सहमति जनाउँदै इरानले जे गर्याे, त्यो युद्ध अपराध भएको बताए । उनले भने, ‘यदि विश्वका अन्य देश इरानलाई रोक्न ठूलो कदम उठाउँदैनन् भने मामिला बढ्ने र अन्य कैँयौ देशको हित प्रभावित हुनेछ । विश्वको तेल निर्याल प्रभावित हुनेछ र तेलको मूल्य बढ्नेछ ।’
यद्यपि उनी कुनै पनि सैन्य अभियानको पक्षमा छैनन् र यो मामिलामा शान्तिपूर्ण राजनीतिक हल नै राम्रो विकल्प मान्छन् ।
इरानका विदेश मन्त्री मोहम्मद जावेद जरीफले इरानमाथि लगाइएको प्रतिबन्ध अमेरिकाले नहटाएसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता नहुने बताए ।
अमेरिकाले एकतर्फी फैसला गरेर आफूलाई परमाणु सम्झौताबाट टाढा बनाएको र त्यसको असर इरानको परमाणु नीतिमा परेको इरानले बताउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।