कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान महासंघको विधानबाट तत्काल हटाउन माग गर्नुभएको छ ।
उपाध्यक्ष प्रधानले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क पनि अघि सार्नुभयो । बुधबार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अध्यक्षात्मक प्रणालीमा अघि बढेको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएकाले महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचित हुनुपर्ने उहाँको भनाइ थियो ।
महासंघका वस्तुगत संघतर्फका उपाध्यक्ष उमेशलाल प्रधानले पनि महासंघको विधान संशोधन गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले महासंघका वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधानमा रहेको प्रावधान महासंघका नेताहरु कसैलाई पनि मान्य नहुने दावी पनि गर्नुभयो ।
महासंघका पूर्व उपाध्यक्ष भाष्करराज राजकर्णिकारले पनि महासंघको विधान संशोधन गर्न माग गर्नुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघलाई मुलुकको आर्थिक क्षेत्रको रुपान्तरण गर्न सक्ने सशक्त र सबल बनाउन पनि महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
महासंघले विधान संशोधनका लागि पूर्वअध्यक्ष चण्डीराज ढकालको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति बनाएको छ । त्यसै समितिले बनाएको मस्यौदा आउँदाे कार्तिक २८ गते बस्ने महासंघको विशेष साधारण सभाले पारित गर्नेछ ।
महासंघका नेताहरुले विधानमा उल्लेख गरिएको वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान हटाउन विधान मस्यौदा समितिलाई पनि दबाब दिन सुरु गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।