बिहेको उमेर घटाउने काइदा : माननीय र प्रहरीलाई फाइदै फाइदा !
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - खुलामञ्चमा बनाउन लागिएको ढलान जनप्रतिनिधि र स्थानीयबासिन्दाले भत्काइदिएका छन् ।
खुलामञ्च मासेर स्थायी बसपार्क बनाउने षड्यन्त्र भैरहेको भन्दै सांसद भीमसेनदास प्रधान, काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहितका स्थानीयबासीले खुलामञ्च पुगेर ढलान भत्काइदिएका हुन् । उनीहरुले वरपरको बार पनि तोडफोड गरेका छन् ।
पहिलेको पुरानो बसपार्कमा काठमाण्डौ भ्यू टावर बनाउने भएपछि २ वर्षअघिदेखि पुरानो बसपार्क खुलामञ्चमा सारिएको छ । तर खुलामञ्चलाई स्थायी बसपार्क बनाउने षड्यन्त्र गरेर स्थायी संरचना बनाउन थालिएको भन्दै विरोध भैरहेको छ ।
सांसद भिमसेनदास प्रधान, उपमेयर हरिप्रभा खड्गीलगायतले काठमाण्डौमा खुला स्थान मास्ने षड्यन्त्रलाई कुनै पनि हालतमा पूरा हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।
‘अहिलेसम्म पुरानो बसपार्कमा भ्यू टावर पनि बनेको छैन, तर मेयर विद्यासुन्दर शाक्यले भ्यू टावर नबनाउने स्वच्छन्द बिल्डर्स प्रालिका प्रमुख मनोज भेटवाललाई पटक पटक खुला मञ्चमा टहरा बनाउन र ढलान गर्न ठेक्का दिएका छन्, खुलामञ्च बेच्ने नियत देखियो, हामी त्यसो हुन दिन्नौँ ’, सांसद भिमसेनदास प्रधानले उज्यालोसँग भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।