कात्तिक १३ गतेदेखि अनशन बस्ने डा. केसीको चेतावनी

 असोज २७, २०७६ सोमबार १२:४८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यसअघिका सहमति कार्यान्वयनलगायतका माग गर्दै प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनशन बस्ने चेतावनी दिनुभएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको २६ वर्षे सेवाबाट उमेर हदका कारण अवकाश पाएको दिन सोमबार पत्रकार सम्मेलन गरी उहाँले ६ बुँदे माग पूरा नभए कात्तिक १३ गतेदेखि अनशन बस्ने चेतावनी दिनुभएको हो । 

उहाँले २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी नियुक्तिको प्रक्रिया रोकि मापदण्ड निर्धारण समितिले यसअघि दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने आन्दोलनरत मेडिकल विद्यार्थीका माग पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने, ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकलाई फौजदारी कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । 

यस्तै, संसदीय उपसमितिले गरेको शुल्क र सीट संख्या बढाउने निर्णय तत्काल खारेज गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएको अध्ययन एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति दिनुपर्ने, प्रदेश नम्बर २ र चार तथा डोटी डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञलाई नियुक्त गर्नुपर्ने डाक्टर केसीको माग छ ।

चिकित्सा शिक्षामा सुधारका चार बुँदे माग राखेर २०६९ सालमा पहिलो अनशन बसेका डाक्टर केसीले १६ औँ अनशन इलाममा बस्नुभएको थियो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया