राष्ट्रपति भण्डारी बुधबार म्यानमारको राजकीय भ्रमणमा जाँदै

 असोज २७, २०७६ सोमबार १७:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि पाँच दिने म्यानमारको राजकीय भ्रमणमा जानुहुने भएको छ । 

राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन मिन्टको मैत्रिपूर्ण निमन्त्रणामा त्यसतर्फ जान लाग्नुभएको हो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मिन्टसँग आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्नुहुने छ । 

पाँच दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नोबेल शान्ति पुरस्कार विजेतासमेत रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । 

यस्तै म्यानमारको पायन यु लायनमा नेपालीभाषी नागरिकहरुसँग भेट गर्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले पाँच दिने बसाइका क्रममा यांगुनको ऐतिहासिक स्थानको भ्रमणसमेत गर्नुहुने मन्त्रालयले जनाएको छ । 

राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिवलगायत उच्च पदस्थ अधिकारी पनि भ्रमण दलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।


 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया