बिहेको उमेर घटाउने काइदा : माननीय र प्रहरीलाई फाइदै फाइदा !
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाण्डौका न्यायाधीश दिपककुमार दाहालको इजलासले यसअघिको १० दिन र अहिले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जसअनुसार निर्वमान सभामुख महरा शुक्रबारसम्म हिरासतमा रहनु हुनेछ । यो अवधिमा प्रहरीले उहाँसँग बयान लिनेछ । त्यस अवधिमा पनि अनुसन्धान नसकिए महरालाई फेरी अदालतमै उपस्थित गराएर म्याद थप गरिनेछ ।
संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोपमा गएको १९ गते सरकारी निवासबाटै महरालाई प्रहरीले पक्राउ गरेको थियो । दशैँका बेला पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै मंगलबार म्याद थपका लागि अदालत लगिएको थियो ।
आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा पीडित महिलाले किटानी जाहेरी दिएपछि प्रहरीले निवर्तमान सभामुख महरालाई पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । प्रहरीले म्याद थपका लागि अस्पतालबाटै महरालाई जिल्ला अदालत काठमाण्डौ लगेको थियो ।
महराले आफूलाई जबर्जस्ती गरेको भन्दै महिलाको भिडियो सार्वजनिक भएपछि सभामुख पदबाट राजीनामा दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएको थियो । त्यसलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
प्रहरीले पक्राउ गरेसँगै महराको सांसद पद पनि निलम्बनमा परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।