बिहेको उमेर घटाउने काइदा : माननीय र प्रहरीलाई फाइदै फाइदा !
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यानमार जाँदै हुनुहुन्छ । म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान साढे १० बजे म्यानमार जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राजकीय भ्रमणमा जाने राष्ट्रपति भण्डारीले म्यानमारमा समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्नुहुनेछ । उहाँले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने कार्यक्रम छ । उहाँले पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ ।
उहाँले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँका पनि भ्रमण गर्ने तयारी छ । राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान पनि जाने तयारी छ । जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा पनि राष्ट्रपति भण्डारी उपस्थित हुनुहुनेछ । म्यानमार र जापानको भ्रमण सकेर राष्ट्रपति भण्डारी आउँदो ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।