चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाडौं – मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ? अब ढुक्क हनहोस, चिन्ता लिनु पर्दैन, तपार्इँको मोबाइलको रक्षामेरो सुरक्षाले गर्ने भएको छ । नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्सन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको हो ।
मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि ‘मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा’ नामक योजना सुरु गरेको छ । मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्सन प्लान अन्तरगत नयाँ मोबाइल पाउने छन् । साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रिकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराई टेन्स मुक्क्त जीवनमा सहयोग गर्नेछ ।
कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटासहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवाारले बताउनुभयाे ।
‘अहिलेको आधुनिक युगमा स्मार्टफोन अनिवार्य बनिसकेको छ । व्यस्त दैनिकीमा स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ । जसले गर्दा प्रयोगकर्तालाई डाटाका साथै ठूलो नोक्सान हुनसक्छ । यसलाई ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान सुरु गरेको हो’, मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले जानकारी दिनुभयो ।
यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले गूगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ ।
प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टु डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाले जनाएको छ ।
यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र अर्को नयाँ मोबाइल पाउने छन् । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रोमन निरौला
July 24, 2018, 8:28 p.m.ramro x