ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाडौं – एक दिनमै २७ अर्ब रुपैयाँसम्म खर्च गर्दा पनि चालु आर्थिक वर्षको विकास खर्च जम्मा ७९ प्रतिशतको हाराहारीमा मात्रै पुगेको छ ।
आर्थिक वर्षको अन्तिम दिनको साँझसम्म विकास खर्च ७८ दशमलव ८३ प्रतिशत मात्रै रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारले यो आर्थिक वर्षमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ विकास खर्चको लागि छुट्याएको थियो । तर सोमबार साँझसम्म ७८ दशमलव ८३ प्रतिशत अर्थात २ खर्ब ६४ अर्ब,२१ करोड रुपैयाँ खर्च भएको छ ।
विगतका वर्षमा जस्तै यो वर्ष पनि असारको हिलोमा विकास गर्ने क्रम रोकिएन । असार लागेपछि मात्रै ३० दशमलब ५१ प्रतिशत पूँजीगत अर्थात विकास खर्च भएको छ । ३ खर्ब ३५ अर्ब १७ करोडमध्ये असारमा मात्रै १ खर्ब २ अर्ब २६ करोड रुपैयाँभन्दा धेरै खर्च भएको छ ।
यो वर्ष सबैभन्दा धेरै आर्थिक वर्ष सकिन एक दिनअघि आइतबार एकैदिन २७ अर्ब रुपैयाँको चेक काटिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष सकिने दिन सोमबार ९ अर्ब ६ करोड रुपैयाँ निकासा भएको छ । निकासा भएको केही रकम पहिलेको भुक्तानीका रुपमा गए पनि धेरैजसो रकम खुद्रे योजना र रकमान्तरका रुपमा खर्च भएको छ ।
चालु आर्थिक वर्षको अन्तिम दिन साँझसम्मको तथ्याङ्खअनुसार चालु खर्च ८६ दशमलब ६२ प्रतिशत पुगेको छ । सरकारले यो आर्थिक वर्षको लागि ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार रुपैयाँ चालु खर्चको लागि छुट्याएकोमा जम्मा ८६ दशमलब ६२ प्रतिशत अर्थात ६ खर्ब ९६ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ ।
यस्तै यो आर्थिक वर्षको लागि सरकारले वित्तीय व्यवस्थातर्फ १ खर्ब ४० अर्ब, २८ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेकोमा १ खर्ब ९ अर्व ६४ करोड अर्थात ७७ दशमलव ९० प्रतिशत मात्रै खर्च भएको छ ।
सरकारले यो आर्थिक वर्षमा राजश्वको लक्ष्य ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको थियो । तर सोमबार साँझसम्म ७ खर्ब २२ अर्ब प्रतिशत राजश्व उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । लक्ष्यभन्दा ८ अर्ब कम राजश्व उठेको छ ।
राति १२ बजेसम्म पनि कारोबार हुने र कार्यालयको वेबसाइटमा रकम चढाउने काम चल्ने हुँदा यो तथ्याङ्खमा थोरै तलमाथि पर्न सक्ने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।