अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
पुस ३, २०८१ बुधबार
बाँके - जिल्ला प्रहरी कार्यालय बाँकेले तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाहसहितको समूहलाई खानेपानी कार्यालय नेपालगञ्जको टेण्टर बिथोल्न हतियारसहित समूहमा घुमिरहेको सूचनाको आधारमा पक्राउ परेको जनाएको छ ।
तरुण दलको जिल्ला र केन्द्रीय नेतृत्वले शाहलाई प्रहरीले फसाएको दावी गरेपछि प्रहरीले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले सन्दिपसहित ६ जनाको समूह टेण्डर बिथोल्ने योजनाका साथ नेपालगञ्जको नमस्ते कटेजमा बसिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेम शाहीको कमाण्डमा टोली परिचालन गरिएको जानकारी दिनुभयो ।
हतियारसहित तरुण दलका नगर सभापति शाह पक्राउ परेपछि कोहलपुरका डीएसपी शाहीले तरुण दलका स्थानीय नेता केशर खड्कासँग बडाभोजका लागि खसी माग गरेको र धम्की दिएको फरक–फरक अडियो सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अडियो भिडियो सार्वजनिक हुनु र सन्दिप पक्राउ पर्नु फरक– फरक विषय भएको स्पष्ट पारेको छ । कोहलपुरका डीएसपी शाहीको अडियो र भिडियो सार्वजनिक भएको विषयमा प्रदेश ५ प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
सन्दिपसँगै पक्राउ परेका प्रितम थापा, माधव नेपाली र यमबहादुर बुढा केही वर्षअघि नेपालगञ्जमा युवा सङ्घका कार्यकर्ता चेतन मानन्धरको हत्या अभियोगमा बाँके जिल्ला अदालतबाट ३ बर्षको सजाय भुक्तानी गरेर रिहा भएकाहरु रहेकाे प्रहरीलेर जनाएकाे छ ।
प्रहरीले सन्दिपसहित पक्राउ परेका ६ जनामध्ये सन्दिप, प्रितम, माधव र यमलाई हात हतियार तथा खरखजाना मुद्धामा बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
यसैबीच नेकपा बाँकेले अपराधीलाई जोगाउन कोहलपुरका डिएसपी शाहीविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै भर्त्सना गरेको छ । नेकपा बाँकेका अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइरालाले आइतबार विज्ञप्ति जारी गरि अपराधिक कार्यमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याएर उच्च मनोबलका साथ कारबाही गर्न माग गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।