प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आजदेखि समूह ‘बी’ का खेल
माघ ६, २०८१ आइतबार
राैतहट - रौतहट बम विस्फोट प्रकरणमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमले बयान अघि काउन्सिलिङको समय माग गरेका छन् । बयानका लागि अदालत पुर्याइएका आलमलाई काउन्सिलिङका लागि उनका कानुन व्यवसायीले समय माग गरेपछि केहीबेर बयान रोकिएको थियो ।
आलमका पक्षबाट बहस गर्ने कानुन व्यवसायीहरुले सरकारी वकिल कार्यालयले आलमविरुद्ध तयार पारेको मिसिलको प्रतिलिपि पाउनु पर्ने माग र आलमलाई काउन्सिलिङका लागि केही बेर समय दिन माग गरेपछि बयान रोकिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले उज्यालोलाई जानकारी दिनुभयो ।
केही बेरको काउन्सिलिङ र मिसिलको प्रतिलिपि उपलब्ध गराएपछि अहिले बयान सुरु भएको उहाँले बताउनुभयो । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बयान सुरु भएको हो । बयान सकिएपछि थुनछेकको बहस सुरु हुने र त्यसपछि मात्रै आलमलाई कस्तो सजाय दिने भन्नेबारे अदालतले आदेश दिने छ ।
आलमलाई कारबाही माग गर्दै जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सह–न्यायाधिवक्ता सूर्यराज दाहाल, पर्साका न्ययाधिवक्ता रुद्रप्रसाद पन्थी, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र सहायक न्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गर्नुहुनेछ ।
आलमको पक्षबाट बहस गर्न २५ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।