प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आजदेखि समूह ‘बी’ का खेल
माघ ६, २०८१ आइतबार
रौतहट – रौतहट बम विस्फोट प्रकरणमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ ।
जिल्ला अदालत रौतहटले आलमसँग तीन दिन लगाएर बयान लिएको हो । आलमको बयान सकिएसँगै बिहीबारदेखि थुनछेक बहस सुरु भएको हो । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा थुनछेक बहस चलिरहेको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले उज्यालोलाई जानकारी दिनुभयो ।
अहिले मुद्धाको पछमा जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले बहस गरिरहनुभएको छ । आलमलाई तीन दिन लगाएर ५२ प्रश्न सोधिएको छ । पहिलो दिन ९ वटा प्रश्न सोधिएकोमा दोस्रो दिन २५ वटा र तेस्रो दिन २६ वटा प्रश्न सोधिएपछि आलमको बयान सकिएको हो । अदालतमा आलमले आफूमाथि लागेको आरोपको इन्कारी बयान दिएका छन् ।
आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोपमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।
आलमलाई ३२ वर्ष कैद माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।
आलमको पक्षबाट बहस गर्न २५ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन् । थुनछेकको बहस सुरु भएकाले अब बहसपछि मात्रै आलमलाई कस्तो सजाय दिने भन्नेबारे अदालतले आदेश दिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।