प्रधानमन्त्रीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत

 कात्तिक २९, २०७६ शुक्रबार १३:८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका ६ जनाको राजीनामा स्वीकृत गर्नुभएको छ । प्रधानमन्त्री ओलीकै आग्रहमा राजीनामा दिएका सचिवालयका ११ जनामध्ये ६ जनाको मात्र राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, तथा सचिवालयका कृष्ण पौडेल, घनश्याम भट्टराई र उदय पोखरेलको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ ।

यससँगै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, मुख्य स्वकीय सचिव इन्द्र भण्डारी, मिडिया विज्ञ रामशरण बजगाई र होम रिमाल भने सचिवालयमै यथावत रहने भएका छन् ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया