उपमेयर खड्गीको टाेलीले लगायाे गुठीकाे जग्गामा बनेका टहरामा ताला

 कात्तिक २९, २०७६ शुक्रबार २०:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको खुल्लामञ्चसँगै जोडिएको गुठीको जग्गामा बनाइएका टहरामा ताला लगाइएको छ ।

काठमाण्डौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमा गएको टोलीले गुठीको जग्गामा बनेका टहरामा ताला लगाइएको हो । काठमाण्डौका सम्पदा संरक्षण गर्ने अभियानस्वरुप गुठी संस्थामा बनेका टहरामा ताला लगाइएको उपमेयर खड्गीले उज्यालोलाई जानकारी दिनुभयो ।

संस्थानले सुरुमा अमृता भट्टराईलाई महिनाको १५ हजार रुपैयाँ भाडामा दिएको भए पनि अहिले सम्झौता रद्द भैसकेको उपमेयर खड्गीको भनाइ छ ।

भट्टराईसँगको सम्झौता रद्द गरी त्यस क्षेत्रमा सरसफाइ गर्ने र कुनै संरचना बनेको भए खाली गराउने भनी संस्थानले निर्णय गरेकाले आज टहरामा ताला लगाएको महानगरपालिकाले जनाएको छ । तर त्यहाँका व्यवसायीहरुले भने आफूहरुले व्यवसाय गर्न पाउनुपर्ने भन्दै तालाबन्दीको विरोध गरेका छन् ।

केही समयअघि उनीहरुले व्यवसाय गर्न पाउनुपर्ने मागसहित अदालतमा पनि निवेदन दिएका थिए । अदालतबाट निवेदनमाथिकाे फैसला आउन भने बाँकी छ ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया