अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
एउटा छोराको चाहनाले सुखराम बैरवा ८३ वर्षको उमेरका बेहुला बनेका छन् । दुई दिन पहिले राजस्थानको करौली जिल्लाको सेभरदा गाउँमा उनले आफूभन्दा ५३ वर्ष कान्छी रमेशीसँग विवाह गरेका हुन् ।
हिन्दू परम्पराअनुसार मंगल गीत गाएर धुमधामसँग उनको विवाह भएको थियो । वैवाहिक समारोहमा सुखरामकी पहिली श्रीमती पनि उपस्थित थिइन् । विवाहपछि प्रहरीले कानुनी कारबाहीको बाटो अँगाल्छ कि भनेर सुखरामको परिवार चिन्तित देखिए पनि प्रहरीले भने आफूलाई घटनाका बारेमा केही जानकारी नभएको बताएको छ ।
स्थानीयबासीका अनुसार सुखरामसँग बिहे गर्ने रमेशीका सात दिदीबहिनी छन् । रमेशी सबैभन्दा कान्छी हुन् । सुखरामका दुई छोरीको बिहे पनि भैसकेको छ ।
सुखरामका एक्ला छोरा कान्हुको केही समय पहिले निधन भएको थियो । सुखरामका ज्वाईँ पप्पुका अनुसार रमेशीको उमेर ३० वर्ष रहेको छ । पप्पुका तीन छोरा र एक छोरी रहेका छन् ।
पहिले छोरीका छोरामध्ये कुनै एकलाई पाल्ने योजना बनाएका सुखरामले पछि भने विवाह नै गरे । पप्पुले भने, ‘सबैको विचार विवाह गर्नेमै भयो, हामी के भन्नु र ?’
पप्पुले सबैको सहमतिमा ससुराले विवाह गरेको बताए, ‘गाउँमा सबैले ज्वाईँले सम्पत्तिमा नजर लगायो भन्छन्, त्यसैले सबैले ससुरालाई विवाह गर्ने भने ।’
सुखरामको स्वास्थ्य अवस्था ठिकै रहेको छ । छोराको अभावले विवाह गरेकाले अब सुखराम परिवार छोराको पर्खाइमा रहेको छ ।
नेपाल तथा भारतमा वंश धान्न छोरा नै हुनुपर्छ भन्ने गलत मानसिकताका कारण बुढ्यौलीमा पनि विवाह गर्ने वा बहुविवाह गर्ने कुरा एउटा परम्परा जस्तै बन्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।