प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आजदेखि समूह ‘बी’ का खेल
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको छ । मंगलबार मन्त्रीहरुको छलफलमा प्रधानमन्त्रीले बुधबार मन्त्रिपरिषद हेरफेर गर्ने संकेत गर्नुभएको थियो । त्यसैअनुसार तयारी भैरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
मंगलबार भएको छलफलमा प्रधानमन्त्री ओलीले बुधबारका लागि सार्वजनिक कार्यक्रम नराख्न र काठमाण्डौ छाडेर बाहिर नजान मन्त्रीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू निकट केही मन्त्री तथा नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको हो । स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन् ।
मन्त्रीबाट कसलाई हटाउने र कसलाई राख्ने भन्नेबारे दुई अध्यक्षबीच लामो समयदेखि छलफल हुँदै आएको छ ।
मन्त्रिपरिषद हेरफेरलगायतका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे १२ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा पार्टी एकताका बाँकी काम र समसामयिक अरु राजनीतिक विषयमा छलफल हुने नेकपाले जनाएको छ ।
एकताको धेरै काम सकिए पनि केही कमिटीको काम अझै बाँकी छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन । गएको आइतबारको सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।