प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आजदेखि समूह ‘बी’ का खेल
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनगर्ठन गर्नु भएको छ ।
पुनर्गठित मन्त्रिपरिषदमा नौ जना नयाँ अनुहार थपिएका छन् भने नौ जना पुराना अनुहारलाई बिदा गरिएको छ । पुर्नगठित मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, बसन्तकुमार नेम्बाङ, पार्वत गुरुङ, मोतिलाल दुगड, रामवीर मानन्धर र नवराज रावत थपिएका छन् ।
त्यस्तै गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणी खनाल, रघुवीर महासेठ, थममाया थापा, रामकुमारी चौधरी, डाक्टर सुरेन्द्र यादव र धनबहादुर बुढालाई मन्त्रीको जिम्मेवारीबाट बिदा दिइएको छ ।
मन्त्री पदबाट बिदा पाउनेमा स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव पाँच दिनदेखि वीर अस्पतालमा उपचाररत हुनुहुन्छ । मेरुदण्डको समस्याले हिँडडुल गर्नै नसक्ने भएपछि राज्यमन्त्री वीर अस्पतालको भीआईपी कक्षमा उपचाररत हुनुहुन्छ । स्वास्थ्य राज्यमन्त्रीमा सुर्खेत २ बाट तत्कालीन नेकपा एमालेबाट विजयी नवराज रावतलाई ल्याइएको छ ।
उहाँलाई नशा रोग विशेषज्ञ राजीव झाको टोलीले उपचार गरिरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि पहिलो पटक नर्भिक अस्पतालमा भर्ना भए पनि त्यहाँ लामो समय कुर्नु पर्ने भएकाले राज्यमन्त्री यादव वीर अस्पताल पुग्नु भएको थियो । मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी भए पनि उहाँलाई बर्खास्त हुन्छु भन्ने थाहा थिएन ।
समाजवादी पार्टी सरकारमै बसेर संघर्ष गर्ने बताइरहेको थियो । तत्कालीन संघीय समाजवादी फोरमको सिफारिसमा स्वास्थ्य राज्यमन्त्री बन्नु भएका डाक्टर यादव पेशाले चिकित्सक हुनुहुन्छ । उहाँले बेला–बेला देशका विभिन्न भागमा गएर सर्वसाधारणको स्वास्थ्य चेक पनि गर्नु भएको थियो ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पनि मन्त्रालय हेरफेर भएको छ । भारतमा रहनु भएका उपप्रधानमन्त्रीसमेत रहेका यादवलाई कानुन, न्याय तथा संसदीय मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उहाँले सम्हाल्दै आउनु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।