लोभ र डरबाट प्रभावित नभइ काम गर्छु: मन्त्री भुसाल

 मंसिर ५, २०७६ बिहीबार १५:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभइ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यावसायिक कृषिको विकासमा केन्द्रित रहेर काम गर्ने पनि बताउनु भयो । बिहीबार दिउँसो सिंंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना पनि अघि सार्नुभयो ।

यस अघि नवनियुक्त मन्त्री भुसालले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । त्यसलगत्तै सिंंहदरबारमा पुगेर पदभार ग्रहण गर्नु भएका उहाँलाई निवर्तमान कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बधाई दिनुभएको थियो ।

 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया