प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नवनियुक्त मन्त्री नेम्वाङले काठमाण्डौको सडकको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै उहाँले सञ्चारकर्मीमाझ काठमाण्डौको सडकको समस्या समाधान गर्न आफूलाई कठिन होलाजस्तो नलागेको प्रतिक्रिया पनि दिनुभयो ।
काठमाण्डौको सडकको दूरावस्थाबारे आफू जानकार रहेकाले पनि यो समस्या समाधान गर्न कठिनाइ नहुने नवनियुक्त मन्त्री नेम्वाङको भनाइ छ । उहाँले पूर्वाधार निर्माणका आयोजनाहरुलाई तीव्रता दिने कामलाई आफूले प्राथमिकता दिने पनि बताउनु भयो ।
विगतमा मन्त्रालयमा भएका कामहरुको समीक्षा गर्दै अघि बढ्ने योजना रहेकाे मन्त्री नेम्वाङले बताउनुभयाे ।
पदभार ग्रहण गर्नुअघि मन्त्री नेम्वाङलाई सचिव देवेन्द्र कार्कीलगायतका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए । निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको ठाउँमा नेम्वाङ नियुक्त हुनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।