कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – विश्व बैंकले नेपालले विद्युतको क्षेत्रमा राम्रो प्रगति गरेको जनाएको छ ।
बिहीबारदेखि काठमाण्डौमा सुरु भएको ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका देशीय निर्देशक फरिस एच. हदाद जर्भोसले नेपालले विद्युत् उत्पादन र विद्युतीकरणमा राम्रो गतिमा प्रगति गरिरहेको बताउनुभयो ।
निर्देशक जर्भोसले सन् २०१७ को सर्वेक्षणपछि नेपालले ग्रिड विद्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म बढाउँदै थप प्रगति गरेको र सन् २०१८ देखि देशमा लोडसेडिङ हटाएकोमा खुशी लागेको बताउनुभयो । उहाँले गुणस्तरीय विद्युतको लागि नेपाल सरकारसँग साझेदार गर्न पाएकोमा गर्व लागेको पनि बताउनुभयो ।
तर विश्व बैंकले गरेको सर्वेक्षणले विद्युत् पहुँचको गुणस्तरमा प्रगति भए पनि एक सयमध्ये ७० परिवारले प्रदूषणकारी र हानिकारक इन्धनलाई खाना पकाउनमा प्रयोग गरिरहेको देखाएको छ ।
सम्मेलनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले आउँदो दिनमा पर्याप्त बिजुली आपूर्ति भएपछि खाना पकाउन आयात गरिएको एलपीजीमा ठूलो निर्भरता हटाउनुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।