देशको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपूर्ण हुन्छ : मन्त्री भट्ट

 मंसिर ५, २०७६ बिहीबार १८:४५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्योगको विकास र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

मन्त्रालयमा बिहीबार आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले पार्टीको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताउँदै देशको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपूर्ण हुने बताउनुभयो । 

नागरिकसँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीयरुपमा उपलब्ध गराउनुपर्ने जोड दिँदै उहाँले जनअपेक्षालाई दृष्टिगत गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । राष्ट्रिय गौरवका रणनीतिक आयोजनालाई छिटो अगाडि बढाउने उहाँको भनाइ थियो ।   

त्यस्तै मन्त्रालयका नवनियुक्त राज्यमन्त्री मोतिलाल दुगडले देशमा उद्योगको अवस्था खस्किँदै गएको अहिलेको अवस्थामा उद्योगको विकास गर्दै आयात कम गरी व्यापार घाटा कम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उद्योग राज्यमन्त्री दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको माया र सद्भावले आफू राज्यमन्त्री बन्ने अवसर पाएको टिप्पणी गर्नुभएकाे छ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया