सरकारले भारत र चीन दुवै देशमा सीमा निरीक्षण समिति गठन गर्ने

 मंसिर ५, २०७६ बिहीबार १९:३०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले भारत र चीन दुवै देशसँग रहेका सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रीपरिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दुवै देशमा रहेका सीमा विवाद हल गर्न ‘नेपाल–भारत’ तथा ‘नेपाल–चीन’ सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिनुभएको हो ।

त्यसैगरी सरकारले कलंकी–थानकोट–नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाहरुको सुरुङ मार्गको फ्लाइओभरका लागि आवश्यक पर्ने ११ दशमलव ८ रोपनी जग्गा र ४७ वटा घर टहरा अधिग्रहण गर्न स्वीकृति पनि दिएको सरकारका प्रवक्ता बाँस्कोटाले बताउनु भयो ।

यस्तै मंसिर ३ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार र रुसी महासंघबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यको क्षेत्रमा सहकार्य सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति पनि दिएको छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया