बागी उम्मेदवार चौधरीलाई नेकपाले गर्‍याे निष्कासन

 मंसिर ६, २०७६ शुक्रबार १७:४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ  - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङ घोराही उपमहानगरपालिका वडा नं. १६ को उपचुनावमा बागी उम्मेदवार मनोनयन दर्ता गराएका जगलाल चौधरीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गरेको छ ।

पार्टी नीतिविपरीत नेकपाको उम्मेदवारविरुद्व चौधरीले बागी उम्मेदवारी दर्ता गराइ कांग्रेसको उमेदवारलाई सहज बनाउने षडयन्त्र गरेको भन्दै नेकपा दाङले एक प्रेस विज्ञप्ति जारी गरी कारबाही गरेकाे जानकारी दिएकाे हाे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टिकाराम खड्का र सचिव सुवास पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'जगलाल चौधरीलाई निष्कासन गरिएको छ र जगलाल चौधरीलाई सहयोग गर्ने हरुलाई मातहतका सम्बन्धित कमिटीहरुले कडाभन्दा कडा कारबाही गर्न निर्देशन जारी गर्दछौँ ।'

साथै विज्ञप्तिमार्फत पार्टीको आधिकारिक उम्मेदवार सुरेशबहादुर केसीलाई निर्वाचनमा सक्रिय भई विजय गराउने अभियानमा लाग्न सम्पूर्ण मातहतका संघ तथा संगठनलाई अनुरोधसमेत गरिएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया