प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आजदेखि समूह ‘बी’ का खेल
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पैसा नभएर उपचार नपाउने अवस्था अन्त्य गर्न सरकारले चाहेको बताउनुभएको छ ।
रोगले धनी गरिब, सुगम दुर्गम, ठूलो सानो नभन्ने भएकाले पैसै नभएर उपचार पाउन नसक्ने र ज्यानै गुमाउनुपर्ने अवस्था कसरी अन्त्य गर्न सकिन्छ भन्नेबारे अध्ययन र विज्ञको राय लिने काम सुरु गरेको मन्त्री ढकालको भनाइ छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको कार्यक्रममा उहाँले बिरामी हुँदा उपचार गर्नै नसकेर ज्यान गुमाउने अवस्था अन्त्य गर्दै ‘बिरामी परेका बेला मेरो कोही नभए पनि राज्य छ नि’ भन्ने अनुभुति गराउनु राज्यको दायित्व भएकाले आफूले त्यसै अनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
स्वास्थ्य क्षेत्र अब कसरी अघि बढाउने भन्नेबारेमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग परामर्श र स्वास्थ्य संस्थाको अवस्था बुझ्ने क्रम सुरु गरिसकेको मन्त्री ढकालको भनाइ छ ।
प्रतिष्ठानका उपकुलपति डाक्टर भरत यादवले आफ्नो पहिलो भ्रमणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएकोमा खुशी व्यक्त गर्दै स्वास्थ्य क्षेत्रका विकृति हटाउने र राम्रा कुरा विस्तार गर्ने नीति सरकारले लिनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।