हुम्लामा जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – एपेन्डिसाइटिसको सफल शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्याबिनमा सारिएको छ ।
पेट दुखेपछि बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डाक्टर रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई क्याबिनमा सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था स्थिर रहेकाले अझै तीन–चार दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने डाक्टर अरुण सायमिले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएपछि मात्रै डिस्चार्ज गरिने छ ।
पेटमा इन्फेक्सन भएको र जोखिम धेरै हुने भएकाले विशिष्ट व्यक्तिलाई पनि भेटघाट गर्न दिइएको छैन । सामान्य व्यक्तिको एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा एक दुई दिनमा नै डिस्चार्ज हुने भए पनि उहाँको अवस्था जटिल भएर अस्पतालमै तीन–चार दिन राख्नु परेको डाक्टर सायमिले बताउनुभयो ।
हेर्नुहाेस् अस्पतालकाे विज्ञप्ति
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।