सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका-७ नाग्मामा टिप्पर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
खाद्य संस्थानको चामल बोकेर सल्लीखोलाबाट सदरमुकामा सिमकोट जाँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिप्पर नाग्मामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हुम्लाका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयाे ।
ज्यान गुमाउनेमा नाम्खा गाउँपालिका–१ हेक्पाका नरी लामा, छिरिङ तार्मा लामा र नाम नखुलेका हिल्सा सडक आयोजनामा काम गर्ने कार्यालय सहयोगीको ज्यान गएको हो ।
घाइते १२ जनाको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा सिमकोट गाउँपालिका वडा नम्बर ६ पावाडागाउँका सन्देश सुनार अकिल रोकाया, रामकुमार रोकाया, वक्त रोकाया, खगेन्द्र रावत, सन्त सुनार, कमल रोकाया, नाम्खा गाउँपालिकाका नुटुप लामा, सुन्दर तामाङ, नामगेल लामा, खार्पुनाथ गाउँपालिका ५ का धनसिं भण्डारी र सर्केगाढ गाउँपालिका २ का अंग फडेरा छन् ।
दुर्घटनाको कारण भने खुलेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।