काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १९ दिनदेखि अनसनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको अवस्था गम्भीर हुँदै गएको छ ।
डाक्टर केसीको मुटुमा गम्भीर समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उपचारमा संलग्न डाक्टरहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डाक्टर पुजन रोकाया, सिदार्थ खाति, धीरज गुरुङसहितको टिमले बुधबार निकालेको प्रतिवेदन अनुसार गएको २४ घण्टामा डाक्टर गोविन्द केसीको मुटुमा गम्भीर समस्याहरु देखिएको छ ।
उपचारमा संलग्न डाक्टरहरुका अनुसार मंगलबार राति साँढे बाह्र बजे र बिहानीको चार बजे दुईपटकमा डाक्टर केसीको मुटुमा नौ वटासम्म एक्टोपिक बिट्सहरु देखिएको थियो । पहिलेको तुलनामा यस्ता किसिमका मुटुका गडबडीहरु धेरै पटक र धेरैको संख्यामा देखा पर्न थालेका प्रतिवेदनमा उल्लेख छ ।
यस्तै परिस्थिति रहिरहे डाक्टर केसीलाई जुनकुनै बेला पनि सीसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आउने र यो सुविधा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध नभएको जानकारी विज्ञप्ति उल्लेख गरिएको छ । सीसीयू मुटुका समस्या भएका बिरामीलाई राख्ने उपकरण भएको चिकित्सकले बताएका छन् ।
चिकित्सकको प्रतिवेदनमा भनिएको छ, ‘यसका अलावा स्लाइन पानी दिन खोलिएको दोस्रो हातको नसामा पनि संक्रमण देखिएको छ । केसीका दुवै हातका नसा संक्रमित भएका छन् । निरन्तर घटिरहेको सेतो रक्त काेषिका र यस किसिमको बढ्दो संक्रमणका कारण अब झन् सेप्सिसको जोखिम बढेको छ ।’
स्वास्थ्य प्रतिवेदनका अनुसार रगतमा पोटासियम, म्यागनेजियम र क्यालसियमको मात्रा निकै नै कम भइसकेको छ । यसरी इलेक्ट्रोलाइट्स घट्दा आउन सक्ने सम्पूर्ण जोखिमकाबारे डा. केसीलाइ बताइएको भएता पनि उहाँले ती तत्वहरु लिन अस्वीकार गर्नु भएको प्रतिवेदनमा जानकारी गरिएको छ ।
यसैगरी मंगलबारको तुलनामा श्वासप्रश्वासमा झन कठीनाइ देखिएको छ जसका कारण डाक्टर केसीलाई चौबिसै घण्टा अक्सिजनको सहायतामा राखिएको बताइएको छ । यसैगरी लामो समयदेखि छाती दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिने समस्यामा बढ्दै गएका छन् ।
केसीको समस्या गम्भीर हुँदै जादा भने वार्ता अनिश्चित भएको भन्दै अभिभावकले आक्रोश पोखेका छन् । मंगलबार असफल भएको वार्ता निरन्तरता नभएको र डा. केसीको जीवन रक्षाको विषयमा सरकार उदासिन भएको डाक्टर केसीका भाइ किश्वर केसीले आक्रोस पोख्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।