सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी

 मंसिर १५, २०७६ आइतबार १२:५२:१८ | विमल बिष्ट
unn.prixa.net

डाेटी - सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामध्ये पाँचमा नेकपा तथा दुईमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

शनिबार उपचुनावमा डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा नेकपाका रामबहादुर बोहरा, कञ्चनपुरको पुनर्वास नगरपालिका-३ मा नेकपाका कृष्णबहादुर तामाङ, अछामको मेल्लेख गाउँपालिका-५ मा नेकपाका रमेश खड्का, बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा निर्वाचित हुनुभएकाे छ ।

त्यस्तै बैतडीकाे दोगडाकेदार गाउँपालिका-४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका-४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका-१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी हुनुभएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

यसैगरी, पुरचौडी नगरपालिका-४ मा नेकपाका शैलेन्द्र धानुक १०५ मत बढी लिएर विजयी हुनु भएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया