बागलुङ २ को ‘ख’ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी

 मंसिर १६, २०७६ सोमबार ७:८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ – बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपचुनावमा वामगठबन्धनले विजयी हासिल गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गर्नुभएको हो ।

शाहीले ११ हजार २३५ मत प्राप्त गर्नुभएको छ भने शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । त्यसबेला पनि घर्तीका प्रत्यासी रहनुभएका कांग्रेसका शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गर्नुभएको थियो । सांसद घर्तीको असामयिक निधन भए पछि यस क्षेत्रमा उपचुनाव भएको हो ।

आठ राजनीतिक दल र दुई स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये समाजवादी पार्टीका अशोक कुमार विकले ३ सय १६ मत प्राप्त गर्नुभयो । नेकपाबाट बागी उम्मेदवारी दिएर वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिनुभएका शेरमान घर्तीको क्लिप चिन्हमा ९५ मत परेको छ ।

यस्तै, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन् ।

कुल ३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ४ सय अर्थात् ६१ प्रतिशत मत खसेको थियो । जस मध्ये ४ सय २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताउनुभयो ।

यसैगरी बडिगाड गाउँपालिका–२ मा वडाअध्यक्षका लागि भएको उप–चुनावमा नेकपाका ढालेन्द्र शेरचन विजयी हुनुभएको छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया