प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – गृह मन्त्रालयले पाँच प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ६ जनाको सरुवा गरेको छ ।
सरूवा हुनेहरूमा नारायण प्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, जितेन्द्र बस्नेत, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का रहेका छन् ।
मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ ।
यस्तै, भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टको मकवानपुरमा, लमजुङका प्रजिअ डिजन भट्टराईलाई अध्यागमन विभागमा, गृहका सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको प्रजिअमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका लक्ष्मण खड्कालाई लम्जुङमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।