प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - नेपालका लागि बेलायतका आवासीय राजदूत निकोला क्याथरिन पोलिटले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । यसअघिका राजदूत रिचर्ड माेरिसकाे कार्यकाल समाप्त भएपछि बेलायतले पोलिटलाई नेपालकाे राजदूतमा नियु्क्त गरेकाे हाे ।
पोलिटले यसअघि बेलायती मन्त्रीपरिषदमा रहेर अफगानिस्तान, पाकिस्तान र भारत मामिला हेर्नुभएकाे थियाे ।
नेपाल र बेलायतबीच दाैत्य सम्बन्ध कायम भएकाे दुई सय वर्षपछि बेलायतले पहिलाे पल्ट नेपालका लागि महिला राजदूत नियुक्त गरेकाे हाे । बेलायत नेपालले कुटनीतिक सम्बन्ध बनाएकाे पहिलाे राष्ट्र पनि हाे । सन् १८१६ मा नेपालसँग बेलायतले कुटनीतिक सम्बन्ध कायम गरेकाे हाे ।
बेलायतसँग कुटनीतिक सम्बन्ध कायम गर्ने नेपाल दक्षिण एसियाकै पहिलाे राष्ट्र पनि हाे । नेपालले बेलायतमा सन १९३४ देखि राजदूतावास पनि स्थापना गरेकाे थियाे ।
त्यसै समारोहमा नेपालका लागि गणतन्त्र लेबनान, इस्टोनिया र इराकका गैरआवासीय राजदूतत्रय राबी नार्स, क्रिष्टिन किभी र डा फलाह अब्दुलहसन अब्दुलसदाले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।
त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्रसचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।