प्रधानमन्त्री ओली डायलाइसिसका लागि अस्पतालमा

 मंसिर २४, २०७६ मंगलबार २०:१०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलाइसिस गर्न अस्पताल पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली नियमित डायलाइसिसका लागि महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली आजै बालुवाटार फर्कनुहुने पनि सल्लाहकार थापाले बताउनुभयो । मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गराउनुभएका प्रधानमन्त्री ओली १० दिन अस्पताल बसेर गएको बिहिबार बालुवाटार फर्कनुभएको थियो ।

आजै उहाँले साग समापनका अवसरमा भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गदै सफलतापूर्वक साग सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनुभएको थियो ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया