इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
धनुषा - धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा भएको बम विस्फोट प्रकरणमा संलग्न भएकाे आराेपमा तीन जनालाई पक्राउ गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा दुई महिला र एक पुरुष गरी तीन जनालाई पक्राउ गरेको हो । घटनाको बृहत् अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली पनि गठन गरेकाे गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।
यसैबीच शनिबार बिहान जिल्ला सुरक्षा समन्वय समितिकाे बैठक बसेकाे छ । बैठकमा गएराति भएको घटना र जिल्लाको सुरक्षा अवस्थाबारे समीक्षा गरिएको कुरा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयाे ।
समीक्षामा प्रहरी निकायबाट भएका कमीकमजोर बारे बृहत् रुपमा छलफल गर्नुका साथै आगामी दिनमा यस्ता घटना नदोहरियोस् भन्ने सुरक्षा समितिलाई सचेत हुन भनिएको छ । बैठकमा जिल्लाको सुरक्षा व्यवस्था सुदृढ पार्न सुरक्षा समितिमा रहेका तीनवटै निकायबीचको समन्वय बढाइने निर्णय समेत गरिएको प्रजिअ कणेलले बताउनु भएको छ ।
बम विस्फोटमा परि प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको ज्यान गएकाे छ । इलाका प्रहरी कार्यालय नजिकै रहेको राजेश्वर साहको घरको शौचालयमा फेला परेको बम हो होइन भनेर यकिन गर्ने समयमा प्रहरी निरीक्षक दाहाल घाइते हुनु भएकाे थियाे ।
घटनामा घरधनी राजेश्वर साह र उहाँका छोरा आनन्द साहको घटनास्थलमै ज्यान गएकाे थियो भने गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा बिहान ७ बजे मृत्यु भएको थियो ।
विस्फाेटमा परि प्रहरी जवान रिजन महतो, राजेश्वरका छोरा प्रकाश साह र छोरी अञ्जली साह घाइते भएका छन् । उनीहरुको उपचार धरानमै भइरहेको छ । घटना पश्चात यस क्षेत्रको अवस्था तनावग्रत बनेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।