खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक ...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित भएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उपस्थित नभएपछि सोमबारको बैठक बस्दै नबसी स्थगित भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्को बैठक पुस २ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको बताउनुभयो ।
उहाँले पार्टीभित्र हुने विवादहरु स्वाभाविक र लोकतान्त्रिक भएको भन्दै दुवै पक्षबीच छलफल गरी सहमति तथा प्रकृयामार्फत टुंगोमा पुर्याउने उद्देश्यले बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।
कांग्रेसभित्र रहेका विभागहरुको संख्या बढाएर २८ बाट ४१ पुर्याउने र १४ औंँ महाधिवेशन पछि धकेल्ने गरी प्रस्तावहरु आएको भन्दै पौडेल समूहले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएको छ । तर प्रवक्ता शर्माले भने ती विषयहरुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भइरहेको बताउँदै सर्वसम्मत तथा प्रकृयागत आधारमा अगाडि बढ्ने गरी बैठक सारिएको बताउनुभयो ।
दुई पक्षबीचको विवादका कारण बिहीबारदेखि कांग्रेस कार्यसमिति बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।