इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडिया आफ्नै कारणले अविश्वसनीय बन्न नहुने बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले बिहीबार मिडियामा फ्रिक्वेन्सीका विषयमा आएका खबरले मिडियाको विश्वसनीयतामाथि प्रश्न उठेको बताउनुभयो ।
‘फ्रिक्वेन्सीमा मैले आजै हाम्रा मिडिया हेरेँ । मिडियाका बारेमा मैले धेरै भन्नु त केही थिएन । तर मिडिया आफ्नै कारणले आफैँ अविश्वसनीय नहोस्’, उहाँले भन्नुभयो ।
इतिहासमा पहिलो पटक लिलाम बढाबढ हुँदा के गलत भो भन्दै उहाँले यहाँभन्दा पारदर्शिता अरु के हुन्छ? भनेर प्रश्न पनि गर्नुभयो । नेपाल दूरसञ्चार प्राधिकरणले लिलाम बढाबढमा राखेको १८ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी एनसेलले ५ करोड ८० लाखमा सकारेको थियो ।
त्यसैलाई लिएर केही मिडियाले पूर्व योजना अनुरुप नै एनसेललाई पार्न सरकार त्यही अनुसारको मापदण्ड बनाएको भन्दै समाचार लेखेका थिए ।
पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै प्रवक्ता बाँस्कोटाले कतिपयले लाइसेन्स नै नलिएकालाई पनि लिलाम बढाबढमा भाग लिन किन दिइएन भन्दै समाचार लेख्नुले मिडियाको विश्वसनीयतामा प्रश्न उब्जिएको बताउनुभयो ।
‘कुनै लाइसेन्स नभएको कम्पनीले मुद्धा हाल्छ अनि उसले जे जे भन्छ त्यै मिडियाले त्यै लेख्दै जाँदा मिडिया कहाँ जाने ?’ प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘लिलाम बढाबढमा जसको क्षमता पुगेको छ उसैले भाग लिए ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।