इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामै राखेर मुद्धाको अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।
जिल्ला अदालत काठमाण्डौकाे गएको कात्तिक १८ गतेको फैसलालाई सदर गर्दै उच्च अदालतले महरालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
तर उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि महरा कारागारमै बस्ने भएका छन् । अदालतले प्राप्त प्रमाणका आधारमा महरालाई तत्काल निर्दाेष प्रमाणित गर्न नसकिने बताएकाे छ ।
संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा थुनामा रहेका महराको मुद्दामा उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले बिहीबार यस्तो आदेस दिएको हो ।
महराको जिल्ला अदालतमा पनि बकपत्र चलिरहेको छ । यसअघि उच्च अदालतले जिल्ला अदालतबाट महराको मुद्दासम्बन्धी कागजात मगाउने आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशपछि महरा डिल्लीबजार कारागारमा बसिरहेका छन् । बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
उच्च अदालतको आदेशमा चित्त नबुझे महरा सर्वोच्च जाने विकल्प भने अझै बाँकी नै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।