धेरै बुझेका र केही नबुझेकाहरुले एमसीसीको विरोध गरिरहेका हुन् : प्रवक्ता बाँस्काेटा

 पुष ३, २०७६ बिहीबार १८:५८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसदबाट अनुमोनदन हुने प्रष्ट पारेको छ । 

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले हिउँदे अधिवेशनबाट एमसीसी पारित हुने बताउनुभएको हो । सञ्चारमन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले जुनसुकै हालतमा पनि यो पारित हुने बताउनुभयो । ‘फोबियाहरुद्वारा हामी चल्न चाहँदैनौँ । याे पास हुन्छ’, उहाँले भन्नुभयो ।

पार्टीभित्र नै एमसीसीको बिरोध भइरहेको सन्दर्भमा बास्कोटाले यसको विषयमा धेरै बुझेका र केही नबुझेकाहरुले बिरोध गरिरहेको बताउनुभयो । ‘‘एमसीसी र ईण्डो प्यासिफिक रणनीति एउटै हो भन्नेहरु कि धेरै बुझेको हुनुपर्छ कि केही नबुझेको । अंग्रेजी नी जान्या छ, स्पेनिस नि जान्या छ, हिन्दी नि जान्या छ, चाईनिज पनि जान्या छ, भने यति धेरै जान्नेले नै जान्दछ । मलाई जहाँसम्म लाग्छ एमसीसी आउँदा ईण्डो प्यासिफिक भन्ने शब्दावली नै आएको थिएन् ।’’

नेकपाको विदेश विभागलेसमेत यसको बिरोध नगरोको भन्दै बास्कोटाले दलको बैठकमा कुरा आउँदैमा केही फरक नपर्ने बताउनुभयो । ‘दलको बैठकमा अनेकौँ कुराहरु उठ्छन् नी उठेका सबै कुरा कहाँ पास हुन्छन् । कहाँ सदर हुन्छन् । हुँदैनन् नी’, बास्कोटाले भन्नुभयो । 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया