सत्तापक्ष र विपक्षी दलबीच सहकार्य हुनु कुनै आश्चर्यकाे कुरा हाेइन : वृषेशचन्द्र लाल

 पुष ४, २०७६ शुक्रबार १७:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सत्तापक्ष र विपक्षी दलबीच सहकार्य हुनु कुनै आश्चर्य नभएको बताउनु भएको छ । 

राष्ट्रियसभाको पाँचौ अधिवेशनमा बोल्दै उहाँले निर्वाचन र पार्टीको एजेण्डा फरक कुरा भएकाले राम्रो कुराका लागि सत्तापक्ष र विपक्षी दलबीच सहकार्य हुनु कुनै आश्चर्यको कुरा नभएको बताउनु भएको हो ।

संघीयताको कार्यान्वयन, राष्ट्रिय सहमति र समाधान तथा विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सहकार्य हुनु नै राजनीतिक आचरण भएको उहाँले उल्लेख गर्नुभयो ।

यसअघि राष्ट्रिसभा सदस्य सुरेन्द्रराज पाण्डेले सत्तापक्ष र विपक्षी दल निर्वाचनमा गठबन्धन बनाएर जानु राजनीतिक चरित्रभन्दा बाहिरको कुरा भएको बताउनुभएको थियो । राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीसँग चुनावी गठबन्धन गरेको छ ।

एक फरक प्रसंगमा लालले राज्य शक्तिको बाँडफाँड अनुसार शासन प्रणालीको कायान्वयनले मात्र सुशासनको स्थापना हुने बताउँदै उहाँले समावेशी चरित्रका आधारमा विविधपूर्ण राष्ट्रियताको जग मजबुद हुने कुरामा कुनै विवाद नरहेको बताउनुभयो ।

संविधान संशोधनको मुद्धा अहिले पनि आफ्नो दलले जिवित नै राखेको स्मरण गराउँदै लालले प्रदेश र स्थानीय तहको तर्फबाट संघीय सरकारमाथि निगरानी गर्नु सदनको मुख्य जिम्मेवारी भएको बताउनुभयो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया