अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
सुनसरी - सुनसरीको बराहक्षेत्रमा एसएलआर राइफलसहित ठूलो मात्रामा गोली फेला परेको छ ।
सुनसरी प्रहरीले छापा मार्दा कुखुराको खोरमा गाडेर राखेको अवस्थामा नौ हजार थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गोली र एसएलआर जमिनमुनि राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा ती हतियार र गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताउनु भयो ।
बरामद गरिएको हतियारबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख पोख्रेलले बताउनु भयो । ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरिएपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ।