उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – अभिभावक शिक्षामा आधारित धारावाहिक रेडियो नाटकको शुभारम्भ भएको छ ।
संयुक्त राष्ट्र बाल आपतकालीन काेष (युनिसेफ) नेपालको आर्थिक सहयोगमा एन्टेना फाउण्डेशन नेपालले उत्पादन गरेको नेपाली भाषाको रेडियो नाटक ‘रोपेगुना फल’ र मैथिली र भोजपुरी भाषाको रेडियो नाटक ‘चोंचा के खोंता’ को साेमबार शुभारम्भ भएको हो ।
तीन वटै भाषाका रेडियो नाटक १५/१५ मिनेटको रहने र विभिन्न ३३ वटा रेडियोबाट ३० हप्तासम्म प्रसारण गरिने एन्टेना फाउण्डेशनका कार्यकारी निर्देशक विनयशेखर गुरागाईँले जानकारी दिनुभयो ।
नाटकमा अभिभावकले शिशुको शारीरिक वृद्धि, व्यवहार, मनोभावना, बौद्धिक विकास लगायत उमेर तथा क्षमताअनुसार सिकाइ, उचित स्याहार सुुसार गर्ने ज्ञान, सीप र दक्षतासम्बन्धी शिक्षा केन्द्रित विषयवस्तु समेटिने कार्यकारी निर्देशक गुरागाईँको भनाइ छ ।
नेपाली भाषाका ५२, मैथिली भाषाका ५२ र भोजपुरी ५२ गरी १५६ वटा नाटक श्रृङ्खला रेडियोमार्फत प्रसारण हुनेछ । अभिभावक तथा स्याहारकर्ताको सक्रिय संलग्नतामा गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक विकासका लागि रेडियो नाटकले सहयोग पुर्याउने एन्टेना फाउण्डेशनले जनाएको छ ।
रेडियो नाटक शुभारम्भ कार्यक्रममा कार्यक्रम रेडियो नाटक ‘रोपोगुना फल’ काे उत्पादन टोलीका सदस्य अनन्त घिमिरेले जस्तो रोपिन्छ, त्यस्तै फल आउने भएकोले बालबालिकाको भविष्य सुन्दर बनाउन त्यस्तै खालको सिकाइ उपलब्ध गराउनुपर्ने उद्देश्य नाटकले लिएको बताउनुभयो ।
रेडियो नाटक ‘चोंचा के खोंता’ उत्पादन टोलीका सदस्य माधवी कर्णले नाटकले बालबालिकाको रेखदेखमा बुवाको भूमिका बढाउने उद्देश्य राखेको बताउनुभयो । यो नाटक 'उज्यालो रेडियो' बाट सोमबार र बिहीबार बेलुकी सवा ७ बजेदेखि साढे ७ बजेसम्म प्रसारण हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।