‘ए’ डिभिजन लिग : १० खेलाडीमा सिमित पुलिसले सरस्वतीलाई २–० ले हरायाे

 पुष १२, २०७६ शनिबार ६:१३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले सरस्वती युवा क्लबलाई २–० गोलले पराजित गरेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले दुवै गोल दाेस्रो हाफमा गरेको हो । पहिलो हाफमा पुलिस र सरस्वतीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा पुलिस १० खेलाडीको भरमा खेल्न पुगेको थियो ।

पुलिसका अञ्जन राईले रातो कार्ड पाए पछि मैदानबाट बाहिरिनु परेको थियो । दोस्रो हाफमा पुलिसले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । खेलको ४६औँ मिनेटमा पुलिसका लागि सुमन लामाले गोल गरेका थिए भने ७९औँ मिनेटमा भोलानाथ सिलवालले गोल गरे । 

सिलवालले खेलको अतिरिक्त समयमा अर्को गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न भने सकेनन् । खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसका सुमन लामा भए ।

जितसँगै पुलिसले चार अङ्क बटुलेको छ । लगातार तीन खेलमा पराजय भोगेको सरस्वती क्लब अङ्क तालिकाको अन्तिम स्थानमा छ ।
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया