इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तेस्रो चरणको खेल सकिदैँछ । तेस्रो चरणको अन्तिम खेल बाँकी रहँदा मनाङ मर्स्याङ्दी क्लब लगातार तीन खेलमा जित दर्ता गर्दै ९ अंकका साथ शीर्ष स्थानमा छ भने सबै खेलमा पराजित भएको सरस्वती युथ क्लबले तालिकामा अंकको खाता नै खोल्न सकेको छैन ।
ए डिभिजन लिग अन्तर्गत शनिबार ललितपुरे क्लब थ्रीस्टार र विभागीय क्लब एपीएफ आमने सामने हुने छन् । थ्री स्टार एपीएफविरुद्ध जित निकाल्दै अपराजित रहने दाउमा हुने छ । थ्रीस्टार शनिबार विजयी भए तालिकाको दोस्रो स्थानमा पुग्ने छ भने बराबरीले एक स्थान मात्रै फाइदा हुने छ ।
थ्रीस्टार अहिले छैटौं स्थानमा रहेको छ । उता विभागीय क्लब एपीएफ भने पहिलो जितको खोजीमा हुने छ । अहिलेसम्म एक खेलमा बराबरी मात्रै गर्न सकेको एपीएफ थ्रीस्टारलाई स्तव्ध पार्दै तीन अंक लिने प्रयासमा हुने छ । एपीएफ विजयी भए दशौँ स्थानमा उक्लने छ । एपीएफ अहिले १२ औँ स्थानमा छ । थ्रीस्टार र एपीएफबीचको खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।