इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादमा छलफल गर्न नेपालले पठाएको मितिमा भारतले चासो नदिएपछि फेरि मिति तोकेर पत्र पठाएको बताउनुभएको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको मंगलबारको बैठकमा छलफलका लागि नयाँ मिति तोकेर दोस्रो पत्र पठाएको जानकारी दिनुभएको हो । उहाँले भारतले दोस्रो पत्रको जवाफ पठाइ नसकेको समेत बताउनु भएको छ ।
सीमासम्बन्धी समस्या समाधान गर्न पहिलो पटक ठाउँ र मिति तोकेर मंसिर ६ गते पत्र पठाएकोमा भारतले पुस ३ गते समस्यालाई स्वीकार गर्दै नेपालले प्रस्ताव गरेको मिति अनुकूल नभएको जानकारी पत्रमार्फत गराएको उहाँले बताउनुभयो । उहाँले फेरि अर्को मिति तोकेर पठाएको र दुवै देशका पदाधिकारीहरुको बैठक बस्ने मितिको पर्खाइमा सरकार रहेको बताउनुभयो ।
मन्त्री ज्ञवालीले गएकाे कात्तिक २९ गते बसेको नेपाल भारत संयुक्त आयोगको बैठकले नेपाल भारत सीमा निरिक्षण समिति गठन गरेको र त्यसले काम सुरु गरिसकेको समेत जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।