सरकार पञ्चायतकालमा जस्तै अधिनायकवादी बन्न खोजेको कांग्रेसको आरोप

नागरिकका हक र गोपनीयता लुट्ने विधेयक पारित नगर्न माग

 पुष १५, २०७६ मंगलबार २०:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसले सरकारले पञ्चायतकालीन अधिनायकवादको बाटो समातेको आरोप लगाएको छ ।

बुधबार मनाउन लागेको मेलमिलाप दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकास शर्माले सरकारले विभिन्न कानुनमार्फत नागरिकको अधिकार खोस्ने र स्वतन्त्रता लुट्ने कोशिश गरिरहेको दावी गर्नुभयो ।

नेपाली कांग्रेसको विरोध रहँदा रहँदै पनि संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टि गरेको  र नेपाल विशेष सेवा गठनसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक मार्फत सरकारले नागरिकको ‘फोन ट्यापिङ’ समेत गर्न सक्ने अधिकार लिएर व्यक्तिगत गोपनीयताको अधिकार समेत हनन गर्न खोजेको कांग्रेसको आरोप छ ।

विधेयकमा उल्लेख भए अनुसार फेसबुक, ट्विटर, भाइबर,इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुन नआएमा सरकारले बन्द गर्ने हो त? भनेर कांग्रेसले प्रश्न पनि सोधेको छ ।

यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई कुनै पनि बहानामा रोक्न नहुने र यो विषयमा भएका अनावश्यक बहसमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको पनि प्रवक्ता विश्वप्रकास शर्माले बताउनुभयो ।

यस्तै उखु किसानको माग तत्कालै सम्बोधन गर्न र यती समूहलाई दिएका विभिन्न सरकारी जग्गाबारे अनुसन्धान गरेर तत्कालै फिर्ता गर्न पनि कांग्रेसले माग गरेको छ ।

संघीयताको मर्म विपरीत प्रदेश ३ को नाम र राजधानीबारे नेकपाको सचिवालयले गरेको निर्णय अप्रिय भएको र यसलाई कांग्रेसले नमान्ने पनि प्रवक्ता शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया