नयाँ वर्ष २०२० काे अवसरमा प्रधानमन्त्री ओलीकाे शुभकामना सन्देश

 पुष १६, २०७६ बुधबार ८:५१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले देश र विदेशमा रहेका सबै नेपालीमा सुख शान्ति र समृद्धिकाे कामना गर्दै जनताले आफूप्रति देखाएकाे आशलाई खेर जान नदिने प्रतिबद्धता जनाउनुभएकाे छ । 

प्रधानमन्त्री ओलीको तर्फबाट मंगलबार जारी भएको शुभकामना सन्देशमा उहाँले सन् २०१९ नेपालको स्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको र यही वर्ष नेपालले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो उपस्थिति प्रभावकारी बनाएको दाबी गर्नुभएको छ । साथै उहाँले ऐतिहासिक नेपाल भ्रमणका लागि मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको स्मरण गर्नुभएको छ ।   

‘यही समयमा हामीले पृथकतावादी प्रवृत्तिलाई सधैंँका लागि अन्त्य गर्‍यौंँ । विकासका केही दुरगामी योजना यही वर्ष थालनी गर्‍यौंँ, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजना पनि सम्पन्न गर्‍यौं । चार वर्षअघिको भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माण सम्पन्नता उन्मुख छ’, शुभकामना सन्देशमा भनिएको छ । 

व्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा नेपालको स्थान केहीमाथि पुगेको, आयात कटौती र निर्यातमा केही वृद्धि गरी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएको बताउँदै प्रधानमन्त्री ओलीले निराशालाई सदाका लागि त्याग्दै विकास, सुशासन र समृद्धितर्फ अघि बढ्न सन्देश दिनुभएको छ ।   

अव्यवस्था र अनिश्चयबाट लामो समयदेखि समस्यामा परेको देशलाई विकास र समृद्धिमा लैजाने काममा चुनौती रहेको तथा देश र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई आउँदा वर्षमा पनि निरन्तरता दिने प्रधानमन्त्री ओलीको विश्वास व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया