प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री माेदीबीच टेलिफाेनमा कुराकानी, माेदीलाई नेपाल भ्रमणकाे निम्ताे !

 पुष १६, २०७६ बुधबार १२:१२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफाेनमा कुराकानी भएको छ ।

बिहान टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको लागि निम्तो दिनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

उहाँहरुबीच अंग्रेजी नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान पनि भएको छ । दुई देशबीचको सम्बन्धलाई नयँ उचाइमा पुर्‍याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन सन् २०२० सफल रहने उहाँहरुले विश्वास गर्नुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

प्रेस सल्लाहकार थापाका अनुसार उहाँहरुबीच बिहान साढे १० बजे टेलिफाेनमा कुराकानी भएकाे हाे । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया