ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
संखुवासभा - संखुवासभाको सिलिचोङ गाउँपालिकामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका–२ घर भएका अन्दाजी ४८ वर्षीय एकराज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।
प्रहरी निरीक्षक सन्तोषकुमार राईका अनुसार बुधबार भोजपुरबाट बालामा रहेकाे ससुराली घर आउने क्रममा महाभिर भन्ने ठाउँबाट लडेर विश्वकर्माकाे ज्यान गएको हाे ।
विश्वकर्मा बालाको महाभीरबाट करिब ५ सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ । घटनास्थलबाट जानकारी आएपछि सिसुवाटार प्रहरी चौकीबाट खटिएकाे प्रहरी टोलीले सम्पूर्ण कानूनी प्रकृया पूरा शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याएकाे छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट झण्डै एक दिनको पैदल दूरीमा पर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।