नेकपा प्रदेश ३ को संसदीय दलको बैठक नाम र राजधानीमा केन्द्रित

 पुष १९, २०७६ शनिबार ९:३१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - नाम र राजधानीको विषयमा छलफल गर्न नेकपा प्रदेश नम्बर ३ को संसदीय दलको बैठक शनिबार पनि बस्दैछ ।

बिहान ११ बजे मुख्यमन्त्री निवासमा बस्ने बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा छलफल गर्ने र सर्वसम्मत ढंगले अगाडी बढाउने तयारी भएको नेकपा प्रदेश संसदीय दलले जनाएको छ ।

शुक्रबारकाे बैठकमा मुख्यमन्त्री पौडेलले पार्टीको सचिवालयले गरेको निर्णयअनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम वागमती कायम गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो ।

तर नेकपाका केही सांसदले सचिवालयको निर्णय मान्य नहुने भन्दै राजधानी काभ्रेमा बनाउनुपर्ने बताएका छन् । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया