इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
धनुषा - जनकपुरधाम उपमहानगरपालिका-७ मा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
शनिबार मन्दिरबाट पूजा गरेर घर फर्किरहेको अवस्था पगलाबाबा धर्मशाला नजिक ना ४ ख ४५०९ नम्बरको टिप्परले ठक्कर दिँदा जनकपुरधाम उपमहानगरपालिका-६ की ४५ वर्षीया सुधादेवी ठाकुरको ज्यान गएको धनुषा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार टिप्परको ठक्करबाट घाइते भएकी सुधाको उपचारको क्रममा जानकी हेल्थ केयर सेन्टरमा मृत्यु भएको हो । घटनापछि टिप्पर र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
बिहान ७ बजेदेखि ठूला सवारी साधन प्रवेश निषेध गरिए पनि ट्राफिक प्रहरीले जथाभावी आवात जावत गर्न दिएका कारण नगरभित्र दुर्घटना बढेर गएको स्थानीयकाे गुनासाे छ ।
भीडभाड बजार क्षेत्रमासमेत टिप्पर तीव्रगतिमा चलाउने गरेका कारण स्थानीयमा त्रासको माहाेल भए सिर्जना भए पनि प्रहरीले कुनै चासो नदिएको स्थानीयकाे आराेप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।